गजल « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

गजल


१८ कार्तिक २०७४, शनिबार


कोही हुन्न नजिक टाढा हेरौं हृदयले ।
बनाउनुछ प्रेम गाढा बेरौं हृदयले ।।

भत्किएर भित्ताहरु बेहाल भो झुपडी ।
मन हो, होईन घोच्ने काडां, घेरौं हृदयले ।।

आरोप छ पुरानै, ढपढंग अझै पनि भन्ने ।
अहंकारी मन यत्रतत्र छाडा फेरौं हृदयले ।।

विभाजनका रेखाहरू सबैतिर धेरै ।
बांगा टिंगा तेर्सा ठाडा केरौं हृदयले ।।

प्रतिक्रिया दिनुहोस