गजल « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

गजल


१८ कार्तिक २०७४, शनिबार


धेरै पछि आज उन्लाई देखें दोबाटोमा
धेरै पछि आँखाहरू सेकें दोबाटोमा

नदेखै झैं गर्दै उनी भाग्न खोज्दै थिइन
चालै नदिइ उन्को बाटो छेकें दोबाटोमा

थाह छैन के छ कुन्नि उन्को मन भित्र
मैले भने एउटा तीर फेकें दोबाटोमा

लजाएर आँखा निहुराई मुस्कुराइन उनी
मन मनै एउटा गजल लेखें दोबाटोमा

प्रतिक्रिया दिनुहोस