जब डरै छैन भने स्वयं कालसंग
किन लत्रिनु बन्दुकको नालसंग ।
ठुस्किई राखून् खैराँते गद्दाहरू
प्रेम बसेको छ गुन्द्री र त्रीपालसंग ।
कहिलेसम्म मुसार्छ माझीले मायाँ गर्दै ?
सोधौं त उध्रिएको थोत्रो जाल संग ।
छोडिदिनोस् प्रशंसा र कदरका कुरा
प्रेम बसेको छ दोष र अबगालसंग ।
पौंठाजोरी खेल्दैछ पापी पेट चाहिं
तर संझौता गरेको छ उसले थालसंग ।
सोद्धैछिन् ‘दुर्गा’ले भ्रमित भक्तहरूलाई
कति खप्छौ हँ अत्याचार यस्तै तालसंग ?