यसरी जोगिन सकिन्छ ग्याष्टिकबाट « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

यसरी जोगिन सकिन्छ ग्याष्टिकबाट


१७ कार्तिक २०७४, शुक्रबार


ग्याष्टिक विभिन्न रोगको लक्षण हो । पेटको माथिल्लो भागमा जलन हुने, मुखमा अमिलो पानी आउने, खाली पेटमा डकार आउने, खाँदा अप्ठेरो महसुस हुने, राम्रोसँग वायु नखुल्ने, दिसा नियमितरूपमा नहुने समस्यालाई ग्याष्टिक भनेर बुझिन्छ । तर, मेडिकल भाषामा ग्याष्टिकलाई ग्यास्ट्राइटिस भनिन्छ । ग्यास्ट्राइटिस भनेको आमासयभित्र एउटा कडा प्रकारको अम्ल उत्पादन हुने समस्या हो ।

चिकित्सकका अनुसार पेटमा उत्पादन हुने हाइड्रोक्लोरिक एसिड (एचसिएल) १ दशमलव ५ हुन्छ । त्यसको उत्पादन बढी भयो भने पेटको माथिल्लो भागमा जलन हुने र मुखमा अमिलो पानी आउने हुन्छ ।

चिकित्सकका अनुसार खानपान नियमित नहुनु, अत्याधिक चिल्लो तथा मसलेदार खाना खानु, लामो समयसम्म पेट खाली हुनु, पानी कम पिउनेलाई ग्याष्टिक हुन सक्छ । धुम्रपान तथा मद्यपान गर्ने, मोटो र चिन्ता लिने मानिसलाई पनि यो समस्या देखिन सक्छ ।

यीबाहेक पेटभित्र अल्सर, क्यान्सर, पित्त थैलीमा पत्थरीका भएमा पनि ग्यासटाइटिस हुनसक्ने चिकित्सक बताउँछन् ।

ग्याष्टिक भएको व्यक्तिले खानपानलाई व्यवस्थित गर्नुपर्ने उनीहरू सुझाउँछन् । मसालेदार तथा चिल्लो खानेकुरा कम खाने, नियमित समयमा खाने, लामो समयसम्म पेट खाली नराख्ने, धुम्रपान नगर्ने, चिन्ताबाट मुक्त हुने, शारिरीक व्यायाम गर्ने, अनिन्द्रा नबसे ग्याष्टिक कम गर्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस