काठमाडौं । संविधान सभाको निर्वाचनमा कैलाली क्षेत्र नम्वर २ एमालेबाट निर्वाचित सांसद मोहन सिंह राठौर र एमालेकै सांसद रविना चौधरी नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।
उनीहरूलाई काँग्रेस सभापति तथा प्रधानमन्त्री शेर बहादुर देउवाले पार्टीको सदस्यता दिएर पार्टी प्रवेश गराएका छन् ।
संविधान सभाको निर्वाचनमा ६ क्षेत्र रहेको कैलालीमा एमालेबाट राठौर मात्रै विजयी भएका थिए । राठौरले एमालेका नेताहरुले आफुलाई पाखा लगाउने प्रयास गरेका कारण काग्रेसमा प्रवेश गरेको बताएका छन् ।