काठमाडौं । राष्ट्रिय जनता पार्टी र संघीय समाजवादी फोरमबीच मंगलबार भएको बैठकले भागवण्डा टुंगिएको छ ।
बैठकले प्रतिनिधिसभातर्फ फोरमलाई १७ र राजपालाई १६ सिट रहने गरी भागवण्डा गरेको छ । त्यस्तै प्रदेशसभामा फोरमले ३३ सिटमा उमेदवारी दिनेछ भने राजपाले ३१ ठाउँमा उमेदवारी दिनेछ ।