कैलाली ५ बाट डा. आरजु देउवा चुनाव लड्ने « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

कैलाली ५ बाट डा. आरजु देउवा चुनाव लड्ने


१३ कार्तिक २०७४, सोमबार


काठमाडौं । प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाकी पत्नी नेतृ डा. आरजु राणा देउवा कैलाली ५ बाट प्रत्यक्ष चुनाव लड्ने भएकी छन् ।

सोमबार बसेको कांग्रेस संसदीय समितिको बैठकले राणालाई कैलाली ५ मा उम्मेदवार बनाउने निर्णय गरेको हो ।

यस्तै कांग्रेस नेतृ अम्बिका बस्नेत काठमाडौं क्षेत्र नम्बर ३, महालक्ष्मी डिना उपाध्याय पनि मकवानपुर २ र सीता गुरुङ तेह्रथुमबाट चुनाव लड्ने भएकी छन् ।

संसदीय समितिले गुल्मी १ मा चन्द्र भण्डारी र २ मा चन्द्र केसी, सुर्खेत २ मा हृदयराम थानी र सल्यानमा राजेन्द्रबहादुर शाहलाई उम्म्मेदवार बनाउने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस