मुलुकलाई सवल र समृद्ध बनाउने स्पष्ट खाका बोकेकी छुः नेत्री पाण्डे « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

मुलुकलाई सवल र समृद्ध बनाउने स्पष्ट खाका बोकेकी छुः नेत्री पाण्डे


५ कार्तिक २०७४, आइतबार


काठमाडौं । नेपाली कांग्रेसले पहिलो चरणमा चुनाव हुने ३२ जिल्लाका प्रदेश सभा र प्रतिनिधि सभाका उम्मेदवारको टुंगो लगाएको छ ।

अहिले कांग्रेस दोस्रो चरणको निर्वाचनका लागि पनि उम्मेदवारको टुंगो लगाउन लागिपरेको छ । यसैक्रममा अन्य जिल्लाहरूको जस्तै पुरानो नवलपरासी तथा अहिलेको नवलपुर जिल्लामा पनि कांग्रेसबाट प्रतिनिधि सभा र प्रदेश सभामा उम्मेदवार बन्न दौडधुप चलिरहेको छ । सोही दौडधुपमा छिन् नवलपुर जिल्लाबाट प्रदेश सभा उम्मेदवारकी आकांक्षी विष्णुदेवी पाण्डे ।

नारामा मात्रै सिमित रहेको ३३ प्रतिसत महिला सहभागिताको कार्यान्वयन नभइरहेको अवस्थामा महिलालाई पनि राजनीतिको मूल धारमा ल्याइनुपर्छ भन्ने उद्देश्यका साथ आफुले टीकट पाउनु पर्ने दावी छ पाण्डेको । लामो समयदेखि शैक्षिक क्षेत्रमा सक्रिय पाण्डेले आफुले टीकट पाए नवलपुर जिल्लाको समग्र विकासका साथै महिलाका अधिकारका लागि लड्ने बताइन ।

प्रजातन्त्र सेनानी खुशीलाल पाण्डेकी छोरी पाण्डेको नवलपुर जिल्लाको क्षेत्र नं. १ (ख) बाट प्रदेश सभाका लागि प्रत्यक्ष तर्फको उम्मेदवारमा दावी छ ।

लामो समयदेखि शिक्षासेवीको रूपमा रहेकी पाण्डेलाई पार्टीले टीकट दिनु पर्ने नेपाल शिक्षक संघका महाधिवेशन प्रतिनिधि वेदु न्यौपानेले बताए । उनले भने, ‘नेपाल शिक्षक संघको राष्ट्रिय कार्य समितिको उपाध्यक्ष हुनुका साथै सार्क शिक्षक महासंघको उपाध्यक्ष समेत भएर काम गरिसकेकी पाण्डेले राष्ट्रिय अन्तराष्ट्रिय अनुभव बटुली सकेकाले उहाँलाई टीकट दिनु उपयुक्त हुन्छ ।’

न्यौपानेले पञ्चायत कालमा पनि बहुदलको पक्षमा अडिक भएर उभिएकी पाण्डे महिला भएकै कारण खुम्चिनु हुँदैन भनेर समाज सेवामा लागि पर्ने महिला भएकाले नवलपुरमा पाण्डेको राम्रो प्रभाव रहेको बताए ।

पाण्डेले मुलुकलाई सवल र समृद्ध बनाउने स्पष्ट खाका बोकेर आफु निर्वाचनमा होमिएको बताइन् । उनले आफुलाई पदको कुनै लालच नभएपनि नवलपुरको विकास र महिलाको अधिकारका लागि लड्ननै आफ्नो उम्मेदवारी रहेको बताइन् ।

स्पष्ट विचार र हक्की स्वभावकी पाण्डेको व्यक्तित्वनै विपक्षी दलहरुका लागि फलामको चिउरा बन्ने स्थानीय कार्यकताहरूले बताएका छन् ।

 

र यो पनि,

नेतृत्व लम्वाइ, चौंडाइ र उचाइले निर्धारण गर्दैन, प्रतिवद्धताले निर्धारण गर्छ

Tags :
प्रतिक्रिया दिनुहोस