आज गोवद्र्धन पूजा « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

आज गोवद्र्धन पूजा


३ कार्तिक २०७४, शुक्रबार


काठमाडौं । यमपञ्चकको चौथो दिन आज धुमधामसँग गोरु तिहार मनाइँदैछ । यस दिन नेवार समुदायका मानिसले भने म्ह (आत्म) पूजा गर्ने गर्छन् ।

आज आँगन लिपपोत गरी गाईको गोबरको पर्वत बनाई त्यसलाई गोवद्र्धन पर्वत मानेर पूजा गर्ने गरिन्छ ।

द्वापर युगमा भगवान श्रीकृष्णले हत्केलाले गोवद्र्धन पर्वत उचाली गोकुलवासीलाई मुसलधारे वर्षाबाट बचाएको सम्झनामा गोवद्र्धन पर्वतको पूजा गर्न थालिएको हो ।

आजकै दिन गोरु पूजा गर्ने प्रचलन पनि छ । वर्षभर जोतिएर मानव हितका लागि सेवा गरेकालाई गोरुको पूजा गर्न थालिएको हो । यस दिन गोरुलाई मीठामीठा खानेकुरा दिइन्छ ।

Tags :
प्रतिक्रिया दिनुहोस