यसरी जोगाउन सकिन्छ मुटु « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

यसरी जोगाउन सकिन्छ मुटु


२७ आश्विन २०७४, शुक्रबार


बदलिँदो जीवनशैलीसँगै मुटुरोगबाट धेरैको ज्यान जाने गरेको छ । विश्व मुटु महासंघका अनुसार मुटु रोगबाट विश्वभर वर्षेनी १ करोड ८० लाख मानिसको मृत्यु हुने गर्छ । तीमध्ये ८० प्रतिशतभन्दा बढी विकासोन्मुख देशका विपन्न वर्ग छन् ।

तर, आनिबानीमा सुधार गर्न सके मुटुलाई जोगाउन सकिने चिकित्सक बताउँछन् । चिकित्सकले मुटु जोगाउने केही उपायबारे सुझाएका छन् ।

धूमपान सेवन नगर्ने : धूमपानले मान्छेको मुटुमा निकै असर पु¥याउने गरेको चिकित्सक बताउँछन् । उनीहरूका अनुसार धूमपानले रगतलाई मुटुसम्म पुग्नबाट रोक्ने अवरोध गर्न सक्छ । धूमपान गर्ने व्यक्तिसँग बस्नु पनि मुटुका लागि जोखिमपूर्ण हुन्छ । संसारमा धूमपान गर्ने मानिससँग बस्ने करिब ४६ हजार धूमपान नगर्ने मानिस मुटु रोगबाट मर्ने गरेका छन् ।

अत्यधिक रक्सी सेवन नगर्ने : स्वास्थ्य अनुसन्धानले अल्कोहलको सानो परिमाण मुटुका लागि फाइदाजनक हुने बताएका छन् । तर, यसलाई धेरै मानिसले रक्सी खाँदा मुटुमा केही हुँदैन भनेर गलत बुझ्ने गरेका छन् । धेरै रक्सी सेवन मुटुका लागि घातक हुने चिकित्सक बताउँछन् । अत्यधिक रक्सी सेवनले उच्च रक्तचापका साथै हृदयगति बन्द हुने संभावना बढाउने उनीहरू बताउँछन् ।

धेरै नखाने : चिकित्सकका अनुसार मोटोपन मुटुको रोगको प्रमुख कारण हो । धेरै खानु मोटोपनको प्रमुख कारण हो । त्यसैले थोरै खाने बानी बसाल्नुपर्छ । गुलिया पेय पदार्थका सट्टा पानी पिउनुपर्छ । धेरै क्यालोरी भएका र चिल्ला खाना खानु हुँदैन ।

घन्टौं टिभी नहेर्ने : घन्टौँ टिभीका अगाडि झुन्डिने बानीले हृदयाघात र मुटु रोगको जोखिम बढाउने चिकित्सक बताउँछन् । धेरै टिभी हेर्ने मानिसलाई नियमित व्यायामले फाइदा पुर्याउन सक्दैन । सोफा या एउटा कुनामा बसेर एकोहोरो टिभी हेर्दा शारीरिक चालका अभावमा रक्तसञ्चार प्रभावित हुनसक्छ ।

अत्यधिक नुन सेवन नगर्ने : नुन जति धेरै खाइन्छ, त्यति रक्तचाप बढ्छ । चिकित्सकका अनुसार रक्तचाप हृदयघात र मिर्गौला रोगको सबैभन्दा प्रमुख कारण हो । नुनयुक्त खानेकुरा धेरै खाने मान्छेलाई मुटुको रोग लाग्ने धेरै सम्भावना हुन्छ । स्वास्थ्य विज्ञानले दिनमा दुई ग्रामभन्दा बढी सोडियम खान नमिल्ने उल्लेख गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस