कांग्रेसले बनायो उम्मेदवार छान्न १७ सदस्यीय संसदीय समिति « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

कांग्रेसले बनायो उम्मेदवार छान्न १७ सदस्यीय संसदीय समिति


२५ आश्विन २०७४, बुधबार


काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधि र प्रदेशसभा सदस्यको उम्मेदवार छनोटका लागि १७ सदस्यीय संसदीय समिति गठन गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज दिउँसो बसेको कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठकले पार्टी सभापति शेरबहादुर देउवाको नेतृत्वमा समिति गठन गरेको हो ।

समितिमा बरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला र कोषाध्यक्ष सितादेवी यादव छन् ।

यस्तै नेताहरु खुमबहादुर खड्का, गोपालमान श्रेष्ठ, विमलेन्द्र निधि, प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, पूर्णबहादुर खड्का, रामशरण महत, ज्ञानेन्द्रबहादुर कार्की, महेश आचार्य, प्रकाशसरण महत, बालकृष्ण खाँड, अर्जुननरसिंह केसी र चित्रालेखा यादव रहेका छन् ।

संसदीय समितिले असोज २७ गतेसम्म प्रदेश र प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवार चयन गर्ने बताइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस