परीक्षाउपयोगी विशेष श्रृखंला ४१ « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

परीक्षाउपयोगी विशेष श्रृखंला ४१


१८ आश्विन २०७४, बुधबार


प्रविधिको नवप्रवर्तन (Technological Innovation) सम्वन्धी केही परियोजनाहरु

  • मानहटन प्रोजेक्ट (USA) : पहिलो परमाणु वम तयार गरेको
  • ARPANET (USA) : इन्टरनेटको विकास गरेको
  • Fifth Generation project (Japan): रोवोट (Artificial intelligence) तयार पारेको
  • Himalayan Cataract Project, Tilganga eye hospital (Nepal): आँखाको लेन्स तयार पारेको
  • One Laptop Per Child (Nepal): digital divide कम गर्न Dadeldhura, Kapilvastu, Kavre, Lalitpur, Makwanpur and Mustang जिल्लाहरुमा नमूनाका रुपमा लागू गरिएको परियोजना
  • Wireless Technologies Project (Nepal): internet technology in rural area (Myagdi), project headed by Mahabir Pun and awarded by Ramon Magsaysay Award in 2007 for his contribution and now proposed for ABISHKAR KENDRA aimed for technological innovation.

 

वस्तुगत प्रश्नहरु

१. झण्डै ७० प्रतिशत जनसंख्या जिल्लावाहिर वसोवास गर्ने भनेर कुन जिल्लालाई चिनिन्छ ?

(क) मनाङ      (ख) रसुवा   (ग) सोलुखुम्वु      (घ) मुस्ताङ

 

२. गौतम वुद्धलाई के को प्रतिक मानिन्छ  ?

 

३. Xerox नामक पहिलो स्वचालित फोटोकपी मेसिन कहिले देखि प्रयोगमा आएको हो ?

 

४.  विश्व पर्यटनको इतिहासमा “पर्यटनका पीता” भनेर कसलाई चिनिन्छ ?

५.  “The journey of 1000 miles begins with one step” who said this ?

 

सही उत्तरहरु:

१. (क) मनाङ

२. सुन्दरता, कला र शान्तिको प्रतिक

३.  सन् १९५९

४.  थोमस कुक

५.  Lao Tzu

 

छोटो प्रश्नोत्तर

. वित्तीय संस्थाहरुको अनुगमनमा प्रयोग हुने PEARLS  को पूरा रुप उल्लेख गर्नुहोस्  ?

  सन् १९८० मा David Richardson ले प्रयोगमा ल्याएको PEARLS को विस्तारित रुप यसप्रकार रहेको छ :

P= Protection

E= Effective Financial System

A= Asset quality

R= Rates of return and cost

L= Liquidity

S= Signs of growth

 

.  नीति निर्माण सम्वन्धमा कार्यस्थलको वजारीकरण (Venue Shopping) भन्नाले के वुझिन्छ ?

राष्ट्रिय र अन्तराष्ट्रियस्तरमा तयार गरिने नीतिहरु एकमात्र स्थानमा विकास हुने नभै धेरै स्थान, forums, सरकारका विभिन्न तहमा वहसहरु हुने कुरा सामान्य नै हो । यसरी नीति निर्माता र सामाजिक रुचिसमूहहरुले आफ्नो नीति चयन वा नीति लक्ष्यहरुलाई सफलिभूत बनाउन अपनाउने रणनैतिक पहललाई Venue shopping भनिन्छ ।

नीति निर्माता र पैरवी समूहहरुले सञ्चालन गर्ने त्यो कृयाकलाप Venue shopping हो जसले नयाँ निर्णयको लागि वातावरण तयार गर्दछन् ताकि वर्तमान नीतिउपरको गुनासो सुनुवाई गर्दै वैकल्पिक नीति प्रस्ताव अघि सार्दछन् । यस्तो पैरवी एवं सम्वादको पहल अन्तरराष्ट्रियस्तरमा र गैरसरकारी सर्कलमा समेत वलियो रुपमा रहदै आएको पाइन्छ । जस्तै: जलवायु परिवर्तनसँग सम्वन्धित विश्वस्तरीय नीति सम्वन्धमा विभिन्न सरोकारवालाहरुले अघि वढाएको पैरवी र अभियान

नोटः परीक्षोपयोगी विशेष श्रृंखलाका स्तम्भकार नेत्र सुवेदी “प्रयास” द्वारा लिखित सहसचिव परीक्षाका लागि लक्षित पुस्तक सार्वजनिक प्रशासनमा नैतिकता, जवाफदेहिता र व्यवसायिकता छिटै वजारमा आउँदैछ । प्रतिक्षा गर्नुहोला ।

शुरु देखि हालसम्मका सबै श्रृंखलाहरु हेर्नका लागि यो लिंकमा क्लिक गर्नुहोस्

http://www.prasashan.com/category/loksewa/

Tags :
प्रतिक्रिया दिनुहोस