मुद्दा हारे लगतै डीआईजी नवराज सिलवालले राजीनामा दिए « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

मुद्दा हारे लगतै डीआईजी नवराज सिलवालले राजीनामा दिए


प्रशासन विशेष ब्युरो

२७ भाद्र २०७४, मंगलबार


काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) प्रकरणमा मुद्दा हारे लगतै डीआईजी नवराज सिलवालले राजीनामा दिएका छन् ।

कासमूका आधारमा आफू नै प्रहरी महानिरीक्षक हुनुपर्ने माग गर्दै सर्वोच्चमा दायर गरेको रिट खारेज भएकै दिन उनले राजीनामा दिएका हुन् ।

सिलवालले मंगलबार साँझै विज्ञप्ति जारी गर्दै प्रहरी सेवाबाट अलग भएको घोषणा गरेका छन् । अन्यायमा पर्दा जीवन कस्तो पिडादायक हुँदो रहेछ भन्ने अनुभुतिको आधारमा अन्यायमा परेकाहरुको सशक्त आवाज बन्ने कोसिस गर्ने सिलवालले विज्ञप्तीमा उल्लेख गरेका छन् ।

हेर्नुहोस् सिलवालले जारी गरेको विज्ञप्तीको पूर्णपाठ

प्रतिक्रिया दिनुहोस