सार्वभौमसत्ता अन्तर्गत पर्ने क्षमताहरु
१. राज्य क्षेत्रउपरको पूर्ण नियन्त्रण
२. ऐन कानुन वा विधि वनाउने क्षमता
३. विदेशी राष्ट्रसँग सम्वन्ध वनाउने क्षमता
४. राज्यको तर्फबाट प्रतिनिधित्व गर्ने र सन्धी सम्झौता गर्ने
५. अन्तराष्ट्रिय दायित्व र अधिकारको अभ्यास
वस्तुगत प्रश्नहरु
१. काठमाण्डौको सडकमा परेको खाल्डोमा रहेको पानीमा डुवेर ज्यान गुमाएकी बालिकाको नाम के थियो जुन घटनापछि प्रधानमन्त्रीले १५ दिनभित्र सवै खाल्डो पुर्ने निर्देशन दिनुपरेको थियो ?
२. Which word in the group is least like the other ?
Dog, Mouse, Lion, Snake, Elephant
३. PEACH is to HCAEP as 46251 is to ?
(a) 25641 (b) 12654 (c) 51462 (d) 15264
४. तल दिइएको Matrix मा ? को मान कति होला ?
1 | 4 | 3 |
5 | 9 | 4 |
4 | 5 | ? |
५. माटो विनानै पानीमा विरुवा हुर्काउने तरिकालाई के नाम दिइएको छ ?
सही उत्तरहरु:
१. विनिता फुयाँल
२. Snake
३. (d) 15264
४. 1
५. Hydroponics
छोटो प्रश्नोत्तर
१. आ व ०७४र७५ को मौद्रिक नीतिले लिएका कार्यदिशाहरु के के छन् उल्लेख गर्नुहोस् ?
मुद्रास्फ्रितिलाई ७ प्रतिशतमा सीमित राख्ने लक्ष्यसहित २०७४ असार २५ गते जारी भएको मौद्रिक नीतिले अवलम्वन गरेका कार्यदिशाहरुलाई यसप्रकार वुँदागत गर्न सकिन्छ :
• लक्षित आर्थिक वृद्धिदर हाँसिल गर्न वजेटका नीति तथा कार्यक्रमको कार्यान्वयनमा सहयोग पुर्याउनु
• वढ्दो व्यापार घाटा तथा घट्दो विप्रेषण आप्रवाहका कारण वाह्य क्षेत्र स्थायित्वमा पर्न सक्ने प्रतिकूल प्रभाव कम गर्ने ।
• व्याजदरलाई उपयुक्त स्तरमा राख्ने र यसमा आउने उतरचढाव न्युनिकरण गर्ने ।
• कृषि, उर्जा, पर्यटन, साना मझौला तथा अन्य उत्पादनमूलक व्यवसायमा कर्जा प्रवाह वढाउन बैंक तथा वित्तीय संस्थाहरुलाई प्रोत्साहन गर्ने ।
• रियल स्टेट र शेयर कारोवारमा हुने सट्टेवाजी प्रवृत्तिलाई नियन्त्रण गर्ने ।
• वित्तीय पहुँच वढाउन सबै स्थानीय तहमा बैंक शाखा विस्तार गर्ने ।
२. विश्वव्यापीकरणका प्रमुख प्रभावहरु के के हुन् ?
• लोकतन्त्रको विस्तार
• वजार शक्तिको नियन्त्रण
• विश्व अर्थतन्त्रको एकिकरण
• उत्पादन प्रणाली र श्रम वजारको प्रशारण
• प्रविधिको तीव्र र सकरात्मक परिवर्तन
• सञ्चार जगतमा आएको क्रान्ति
• उपभोक्तावादको वढोत्तरी
नोट: नेत्र सुवेदी “प्रयास” द्वारा प्रस्तुत श्रृखंला १ देखि ३६ सम्मका परीक्षापयोगी सामग्रीहरु समेत अध्ययन गरी लाभ लिनुहुन पाठकवर्गमा अनुरोध छ । यसका लागि हाम्रो होमपेजको Gk & IQ Corner मा क्लिक गर्नुहोला । साथै यो स्तम्भलाई थप उपयोगी वनाउन विद्वान पाठकहरुको सुझावको समेत आशा गरिएको छ । -सम्पादक