७५ प्रतिशत सरुवा आर्थिक चलखेलमा « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

७५ प्रतिशत सरुवा आर्थिक चलखेलमा


प्रशासन विशेष ब्युरो

१६ भाद्र २०७४, शुक्रबार


काठमाडौं । निजामति कर्मचारी संगठनका निवर्तमान अध्यक्ष मोहन घिमिरेले सामान्य प्रशासनको राजनीतिक र प्रशासनिक व्यक्तित्वहरु समायोजन र संघीयतामा कसरी कर्मचारी व्यवस्थापन गर्ने विषयमा गम्भिर नभएको आरोप लगाएका छन् ।

पहिले देखि नै कर्मचारी नपुगेको स्थानीय निकायमा कर्मचारी पठाउनु राम्रो भएपनि निश्पक्ष ढंगले भन्दा पनि मोलमोलाइमा गएर सरुवा गरिनु आपत्तिजनक विषय हो घिमिरे भन्छन्–यतिबेला कर्मचारी समायोजन र ऐनलाई छिटोछिटो भन्दा छिटो ल्याएर कर्मचारी व्यवस्थापन गर्नतिर लाग्नुपथ्र्यो तर आचारसंहिता नै मिचेर सरुवामा लाग्नु कदापि राम्रो मान्न सकिदैन ।

साथै सरुवा गर्दा यातायात, बैदेशिक रोजगार विभाग, कम्पनी रजिष्टार, सडक विभाग र मालपोत जस्ता कार्यालयमा मात्रै सरुवा हुनु र ति निकायहरुबाट सरुवा गरिएका र त्याहा पठाइएका कर्मचारी पनि राम्रा भन्दा पनि आफ्ना कर्मचारी सेटिङ गरिनुले पनि कमाउ धन्दाका हिसावले सरुवा भएको बताउदै बुधबार राति भएको सरुवामा ७५ प्रतिशत बढी सरुवा आर्थिक चलखेल भएको छ –घिमिरेले ठोकुवा गरे ।

आधिकारीक ट्रेड युनियनले पनि कर्मचारीको पक्षमा काम गर्न नसकेको घिमिरेको आरोप छ । बिधि, मापदण्ड र प्रणालीको विकासमा सघाउन भन्दा पनि ट्रेड युनियन भित्रको पनि पक्ष विपक्ष र गुटमा हिडेपछि यो अवस्था आएको उनले बताए ।

बाहिरबाट हेर्दा लामो समय काम गरेका कर्मचारी सरुवा गर्दा ट्रेड युनियनले किन बिरोध गरेको भन्ने लाग्नु स्वभाविकै भएपनि सरुवाको भित्री रहस्य अर्कै भएकोले पनि यसको बिरोध गर्नु परेको हो घिमिरेले भने–एक, दुइ, तीन, चार, पाँच….सम्म रहने अनि छैटो व्यक्ति कुनै अमुक भएका कारणले सरुवा हुनु आपत्तिजनक हो ।

प्रतिक्रिया दिनुहोस