नयाँ नेपाल निर्माणका लागि ७ आशालाग्दा पक्षहरु
१. वढेको जनचेतना र महिला सशक्तिकरण
२. जुर्मुराउँदो मेडिया
३. मानव विकासका लागि भएका उल्लेख्य प्रगति
४. गैरसरकारी संस्था र निजी क्षेत्रको उल्लेखनीय योगदान
५. अन्तराष्ट्रिय समुदायको निरन्तरको सहयोग र सद्भाव
६. गैरआवासीय नेपालीहरुको सकरात्मक संभावनाको नेपालमा प्रयोग
७. आपसी सम्झौता र सहअस्तित्वका लागि तयार नेपाली सर्वसाधरणहरु
स्रोत : कुलचन्द्र गौतमद्वारा लिखित अंग्रेजी पुस्तक Lost in Transition बाट अनुवाद एवं साभार
वस्तुगत प्रश्नहरु
१. मुलुकको सामान्य प्रशासन संचालन गर्ने राणाकालीन कार्यालय कुन थियो ?
(क) कुमारी चोक (ख) जंगी बन्दोवस्त अड्डा (ग) मुलुकी बन्दोबस्त अड्डा (घ) मुलुकीखाना
२. What is that which is always arriving but never arrived ?
३. “Don’t work harder, work smarter” कुन व्यवस्थापनविदको भनाई हो ?
४. तल दिइएको Matrix मा A, B र C को मान दिइएको मध्ये कति होला ?
9 | A | 12 |
B | 10 | 7 |
8 | C | 11 |
(a) A=13, B=11, C=9
(b) A=13, B=9, C=11
(c) A=9, B=11, C=13
(d) A=9, B=13, C=11
५. तल दिइएको श्रेणीमा रहेको कुनै एउटा अक गलत रहेको छ ? उक्त गलत अक पत्ता लगाउनुहोस् ?
१०, २६, ७४, २१८, ६५४, १९४६, ५८३४
(क) २१ (ख) ७४ (ग) २१८ (घ) ६५४
सही उत्तरहरु:
१. (ग) मुलुकी बन्दोबस्त अड्डा
२. Tomorrow
३. Ken Blanchard
४. (d) A=9, B=13, C=11
५. (घ) ६५४ (हुनुपर्ने २१८ Χ ३–४ = ६५०)
छोटो प्रश्नोत्तर
१. सार्वजनिक संस्थान सञ्चालनका प्रमुख चुनौतिहरु के के हुन् ?
- संस्थानहरुको औचित्य र संचालन मोडालिटी सम्वन्धमा उच्चस्तरीय राजनीतिक समझदारी कायम गर्ने ।
- के कस्ता प्रकृतिका संस्थान सरकारको समेत लगानीमा सञ्चालन गर्ने र अन्य सस्थानमा निजी क्षेत्रको संलग्नता कसरी वढाउने भन्ने सम्वन्धमा स्पष्ट नीति र कार्यनीति अवलम्वन गर्ने ।
- विगतमा सार्वजनिक संस्थान संचालन कुशल हुन नसक्दा सरकारको ढुकुटीमा परेको वित्तीय भार कम गर्ने ।
- पेशागत व्यवसायिकता, उत्तरदायित्व, वित्तीय अनुशासन प्रवर्द्धन गर्ने ।
- उपलव्ध क्षमताको पूर्ण प्रयोग मार्फत आर्थिक विकासमा योगदान गर्न सक्नेगरी नतिजामूलक वनाउने ।
- सेवा प्रवाहमा सुधार गरी संस्थात सुशासन प्रवर्द्धन गर्ने ।
२. सार्वजनिक प्रशासनमा देखिएका पछिल्ला प्रवृत्तिहरु के के हुन् ?
- नेतृत्वको नयाँ शैली (हाकिम कारिन्दा भन्दा पनि समूहमा काम गर्ने खालको)
- E-governance को वढ्दो प्रयोग
- साझा मुद्दाहरुमा वैश्विक शासन (Global governance) को सकृयता वढ्दो
- परम्परागत नभै रणनैतिक व्यवस्थापनको प्रयोग
- नागरिकमैत्री विधि, प्रकृया र व्यवहार
- कार्यको संरचना र प्रकृयालाई पुनर्संगठित गर्ने
- दिगो विकासको वृहत अवधारणाबाट निर्देशित हुने
- सृजनशीलता र नवप्रवर्तनको वढी प्रयोग (Creativity and innovation)
- नैतिक मूल्य र मान्यता, जवाफदेहिता, पारदर्शिता र व्यवसायिकतामा जोड