राजधानीमा भ्रष्टाचार विरोधी प्रदर्शन « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

राजधानीमा भ्रष्टाचार विरोधी प्रदर्शन


५ भाद्र २०७४, सोमबार


काठमाडौं । राजधानीमा भ्रष्टाचार विरोधी बृहत् शक्ति प्रदर्शन तथा मोटरसाइकल र्याली आयोजना गरिएको छ । राजधानीको कलंकीदेखि सुरु भएको र्याली त्रिपुरेश्वर, जावलाखेल, सातदोबाटो, कोटेश्वर, तीनकुने, सिनामंगल, पुरानो बानेश्वर, डिल्लीबजार, पुतलीसडक, घण्टाघर, सहिदगेट, वीर अस्पताल हुँदै प्रदर्शनी मार्गमा आएर सभामा परिणत भएको थियो ।

र्याली जनता दरबार अभियानको आयोजनामा भएको हो ।

सभामा जनता दरवार अभियानका संयोजक एसपी शाह ‘सारथी’ले देशबाट भ्रष्टाचार नियन्त्रण गर्न एकताबद्ध भएर लागेको बताए । शाहले युवालाई एकजुट गरे मात्र देशबाट भ्रष्टाचार उन्मुलन गर्न सकिने स्पष्ट पारे ।

भ्रष्टाचार विरोधी जनप्रदर्शनमा अभियान संयोजक एसपी शाह ‘सारथी’, निरज थापा, प्रशान्त पौडेल, शिखर शाह र बिना दाहालको सहभागिता रहेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस