बाढीपीडितलाई सहयोग गर्न नेविसंघको आग्रह « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

बाढीपीडितलाई सहयोग गर्न नेविसंघको आग्रह


३० श्रावण २०७४, सोमबार


वासिङटन डिसी । नेपाल विद्यार्थी संघले बाढीपहिरोका कारण विपत्तिमा परेका नेपालीलाई सहयोग गर्न संयुक्त राष्ट्र संघलाई आगह गरेको छ ।

संयुक्त राष्ट्र संघको युवा सम्मेलनमा भाग लिन अमेरीकाको न्यूयोर्कमा पुगेको प्रतिनिधिमण्डलले नेपालमा ठूलो विपत्ति आइपरेकोले सहयोग पुर्याउन आग्रह गरेको हो । प्रतिनिधि मण्डलको नेतृत्व गर्दै नेपाल विद्यार्थी संघका अध्यक्ष नैनसिंह महरले राष्ट्र संघको विश्व युवा सभामा सहयोगका लागि प्रस्ताव गरेका छन् ।

त्यस्तै, अमेरीका स्थित जनसम्पर्क समितिको छुट्टा छुट्टै कार्यक्रममा नेपाल विद्यार्थी संघले अमेरीकामा वसेका नेपाली समूदायसँग बाढीपिडितलाई सहयोग गर्न अनुरोध गरेको छ । काँग्रेस सम्वद्ध सम्पर्क समिति अमेरीकाको पदाधीकारीहरुसँग र अन्य अन्तरक्रियामा संलग्नसँग छलफल अन्र्तक्रिया गरेर सहयोग जुटाउने बारे प्रस्तव गरेको छ ।

सम्पर्क समितिका अध्यक्ष आनन्द विष्टले एक हप्ता भित्रै सहयोग जम्मा गरेर नेपाल पठाइने बताए ।

केही दिनयता मुलुकका विभिन्न भागमा परेको अविरल वर्षाका कारण गएको बाढी तथा पहिरोमा परि ७४ जनाको मृत्यु भएको छ भने हजारौ विस्तावित भएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस