परीक्षाउपयोगी विशेष श्रृंखला ३१ « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

परीक्षाउपयोगी विशेष श्रृंखला ३१


११ श्रावण २०७४, बुधबार


अरिस्टोटलका अनुसार सरकारको वर्गिकरण
………………………………………..

राजनैतिकशास्त्रका अगुवा अरिस्टोटलले सर्वोच्च शक्ति प्रयोगकर्ता एक व्यक्ति वा केही व्यक्ति वा धेरै व्यक्ति कुन छ र शक्तिको प्रयोग गर्दा सबै जनताको हितको लागि कार्य गर्ने (असल प्रकार) शासकवर्गको निहित स्वार्थको लागि मात्र कार्य गर्ने (खराव प्रकार) कुन हो भन्ने आधारमा ६ किसिमका सरकारको रुपमा वर्गिकरण गरेका छन् ।

एक व्यक्ति भैकन पनि सबै जनताको हितको लागि काम गर्ने :                    राजतन्त्र               (Monarchy)
एक व्यक्ति भैकन शासकवर्गको निहित स्वार्थको लागि काम गर्ने :              तानाशाही             (Tyranny)
केही व्यक्ति मिलेर सबै जनताको हितको लागि काम गर्ने :                          कुलीनतन्त्र            (Aristocracy)
केही व्यक्ति मिलेर शासकवर्गको निहित स्वार्थको लागि काम गर्ने :             स्वल्पतन्त्र              (Oligarchy)
धेरै व्यक्ति मिलेर सबै जनताको हितको लागि काम गर्ने :                            व्यवस्थित समाज   (Polity)
धेरै व्यक्ति मिलेर शासकवर्गको निहित स्वार्थको लागि काम गर्ने :                प्रजातन्त्र                (Democracy)

वस्तुगत प्रश्नहरु

१. हावाले उडाई ल्याएको बालुवाबाट बनेको मैदानलाई के नाम दिइएको छ ?

२. मध्ययुगको अन्त्य भै आधुनिक युग प्रारम्भ भएको मानिने पुनर्जागरणलाई गति दिने प्रमुख पक्षमा तलको कुन चाँही पर्दैन ?
(क) राजनीति           (ख) कला           (ग) साहित्य           (घ) विज्ञान

३. साहारा मरुभूमिबाट पश्चिमतिर वहने वायुको नाम के रहेको छ ?

४. “कोही किन वरवाद होस्” नामक तीन अंकी नाटकका लेखक को हुन् ?

५. सरकार राज्यको मुटु हो । मुटुमा किरा परेपछि के गर्नु त रु भनेर राणालाई जवाफ दिने राणाविरोधी को थिए ?

सही उत्तरहरु:

१. लोयस मैदान
२. (क) राजनीति
३. हारमटन
४. विजय मल्ल
५. टंकप्रसाद आचार्य

छोटो प्रश्नोत्तर

१. स्वामी हरिदासको विचारमा मन, वुद्धि, चित्त र अहंकारको भूमिका के के हो ?

मन= विकल्प विकास
वुद्धि= निर्णयकर्ता
चित्त= अवधारणाकर्ता
अहंकार= कुनै निउँ या आडमा गरिने घमण्ड

२. What are the major bureau pathologies ?

They are

  • Persistence (status quo)
  • Conservatism
  • Growth/empire building
  • Self service
  • Buck passing
  • Delay
  • Corruption
  • Nepotism and favoritism
  • Red tapism
  • Formalism
  • Adhocism
  • Backbiting
  • Conflict of interest

नोट: नेत्र सुवेदी “प्रयास” द्वारा प्रस्तुत श्रृखंला १ देखि ३० सम्मका परीक्षापयोगी सामग्रीहरु समेत अध्ययन गरी लाभ लिनुहुन पाठकवर्गमा अनुरोध छ । यसका लागि हाम्रो होमपेजको Gk & IQ Corner मा क्लिक गर्नुहोला । साथै यो स्तम्भलाई थप उपयोगी वनाउन विद्वान पाठकहरुको सुझावको समेत आशा गरिएको छ । -सम्पादक

शुरु देखि हालसम्मका सबै श्रृंखलाहरु हेर्नका लागि यो लिंकमा क्लिक गर्नुहोस्

http://www.prasashan.com/category/iq-corner/

Tags :
प्रतिक्रिया दिनुहोस