परीक्षाउपयोगी विशेष श्रृंखला ३० « प्रशासन
Logo ४ बैशाख २०८१, मंगलबार
   

परीक्षाउपयोगी विशेष श्रृंखला ३०


४ श्रावण २०७४, बुधबार


असल र सफल जीवनका लागि बौद्ध दर्शनका अष्टांगिक मार्ग

. सम्यक दृष्टि (वास्तविक र यथाभूत दर्शन)

. सम्यक शंकल्प (सकरात्मक चिन्तन)

. सम्यक वचन (मधुरऽ संयमित र सत्यवादी)

. सम्यक कर्म (अरुको नोक्शानी नहुने र असल कर्म)

. सम्यक आजिविका (काम वा व्यवसाय गर्दा अपनाउनुपर्ने अनुशासन पालना गर्ने)

. सम्यक व्यायाम (चित्तलाई सद्गुणतर्फ अग्रसर बनाउनका लागि सहयोगी अभ्यास)

. सम्यक स्मृति (संवेदनाप्रति सजग)

. सम्यक समाधि (विपश्यना ध्यान) 

वस्तुगत प्रश्नहरु

१. सन् १९६० को दशकमै आर्थिक वृद्धिका चरणहरुको अवधारणा अघि सार्ने विद्वान को थिए ?

२. सत्य निरोपण तथा मेलमिलाप आयोगको गठन कहिले भएको हो ?

(क) वि. सं. २०६३           (ख) वि. सं. २०६५           (ग) वि. सं. २०७१          (घ) वि. सं. २०६९

३. Which of the following can be arrange into a 5 letter English work?

(क) HRGST           (क) TOOMT           (ग) RZLSA            (घ) WQRGS

४. संघीय संरचना अन्तर्गत अधिकार र कार्यजिम्मेवारी बाँडफाँडका सिद्धान्तमा तलको मध्ये कुन चाँही पर्दैन ?

(क) Principle of Concurrency  (ख)  Principle of Exclusivity (ग) Principle of authority delegation  (घ) Principle of  Subsidarity

५. हुतु र तुत्सी रुवाण्डाका जातीहरु भएजस्तै डिन्का र न्युर कुन देशमा रहेका जाती समूह हुन् ?

सही उत्तरहरु:

१. W. W. Rostow

२. (ग) वि. सं २०७१

३. (ख) Motto

४. (ग) Principle of authority delegation

५. दक्षिणी सुडान

छोटो प्रश्नोत्तर

१. निजामती सेवाका आधारभूत विशेषताहरु के के हुन् ?

कुनैपनि देशमा कार्यरत रहने सुरक्षाकर्मीवाहेकका सेवाहरुलाई निजामती सेवा भन्ने गरिन्छ । अन्य सार्वजनिक सेवाका लागि समेत मार्गदर्शकका रुपमा रहने यस सेवाका आधारभूत विशेषताहरुलाई यसप्रकार उल्लेख गर्ने सकिन्छ स्
♦ स्वतन्त्र निकायबाट छनौट हुने
♦ सेवा शर्त, सेवाको सुरक्षा र व्यवस्थापन सम्वन्धमा अलग्गै कानुन रहने
♦ उमेरको हद, वृत्ति विकासको व्यवस्था सम्वन्धमा कानुनमै तोकिएको
♦ तटस्थता र निष्पक्षतालाई मूल मर्म मानिने
♦ सरकार र जनता गरी दोहोरो उत्तरदायित्व रहने
♦ सेवा अवधि समाप्त भएपछि निवृत्तिभरणको व्यवस्था हुने
♦ नैतिकता, सेवाभाव र जवाफदेहिता यसका आधारभूत मान्यतामा पर्ने ।

२. नयाँ सार्वजनिक व्यवस्थापन (New Public Management) को मुख्य व्याख्याका रुपमा लिइने Reinventing Government (Osborne and Gaeblar, 1992) नामक चर्चित पुस्तकले अघि सारेका १० वटा सुधार एजेण्डाहरु के के हुन् ?

सार्वजनिक व्यवस्थापनमा सुधारमार्फत सरकारको क्षमता वढाउने तथा प्रभावकारी शासन संभव बनाउने मर्मसहित प्रकाशित Reinventing Government (Osborne and Gaeblar, 1992) नामक पुस्तकले समेटेका १० वटा सुधारात्मक औजारहरु तल सूचिकृत गरिएको छ । नयाँ ‍सार्वजनिक व्यवस्थापनको विकासक्रममा आएको यो पुस्तक अहिले पनि उत्तिकै चर्चामा रहेको छ र यसले अगाडि वढाएका एजेण्डाहरु अहिले पनि उत्तिकै सान्दर्भिक छन् । सरकार वाहेकका कर्ताहरुलाई समेट्ने सम्वन्धमा भने New Public Service, New Public Governance, Governance Reform लगायतका अवधारणाहरु अघि वढेको हामी पाउँछौँ ।

१. सहयोगी सरकार (Catalytic Government)
२. समुदायको स्वामित्व रहेको सरकार (Community Owned Government)
३. प्रतिस्पर्धात्मक सरकार (Competitive Government)
४. उपभोक्ता निर्देशित सरकार (Customer Driven Government)
५. उद्देश्य वा कार्यनिर्देशित सरकार (Mission Driven Government)
६. बजारउन्मुख सरकार (Market Oriented Government)
७. नतिजारपरिणामउन्मुख सरकार (Result Oriented Government)
८. उद्यमी सरकार (Enterprising Government)
९. भविष्यद्रष्टा सरकार (Anticipatory Government)
१०. विकेन्द्रित सरकार (Decentralized Government)

 

नोट: नेत्र सुवेदी “प्रयास” द्वारा प्रस्तुत श्रृखंला १ देखि २९ सम्मका परीक्षापयोगी सामग्रीहरु समेत अध्ययन गरी लाभ लिनुहुन पाठकवर्गमा अनुरोध छ । यसका लागि हाम्रो होमपेजको Gk & IQ Corner मा क्लिक गर्नुहोला । साथै यो स्तम्भलाई थप उपयोगी वनाउन विद्वान पाठकहरुको सुझावको समेत आशा गरिएको छ । -सम्पादक

शुरु देखि हालसम्मका सबै श्रृंखलाहरु हेर्नका लागि यो लिंकमा क्लिक गर्नुहोस्

http://www.prasashan.com/category/iq-corner/

Tags :
प्रतिक्रिया दिनुहोस