केयूकेएलको मनोमानी नियन्त्रण गर्न जरुरी: सचिव उपाध्याय « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

केयूकेएलको मनोमानी नियन्त्रण गर्न जरुरी: सचिव उपाध्याय


प्रशासन विशेष ब्युरो

१३ असार २०७४, मंगलबार


काठमाडौं । संस्था घाटामा चलिरहेको हुन्छ तर कर्मचारीलाई बोनस बाढिन्छ, सेवा, सुविधाका लागि जनताबाट पैशा असुलिन्छ तर त्यसवाफत थप तनाव थोपरिन्छ । यस्तै मध्येको एक हो केयूकेएल अर्थात काठमाडौं उपत्यका खानेपानी लिमिटेड ।

काठमाडौ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)का महाप्रवन्धक डा.महेश प्रसाद भट्टरार्इले मासिक तलब १ लाख ८० हजार बुझ्छन् तर काकाकुल काठमाडौंबासी पानी पानी भन्दै यत्रतत्र कुद्छन् । पानी नै उपभोग नगरी विल तिर्नु परिरहेको जनगुनासोको सम्बोधन हुन नसकिरहेको बेला केयूकेएल व्यवस्थापनले तलब सुबिधा बढाउने योजना खुलासा भएपछि थप अनियमितताहरु बाहिर आएका छन् ।

खानेपानी वितरणमा असक्षम देखिएको केयूकेएलबारे विभागिय सचिवले नै सामाजिक संजालमार्फत निरन्तर केयूकेएलका अश्वाभाविक गतिबिधिहरुबारे टिप्पणी गरिरहँदा यी दुइ निकायबीचको असमझदारी बाहिर आएको हो ।

संस्था घाटामा चलिरहँदा केयूकेएलले कर्मचारीको तलव सुविधा बढाउने तयारी गरेपछि खानेपानी तथा सरसफाई मन्त्रालयले केयूकेएलका महाप्रवन्धक महेशप्रसाद भट्टराईलाई स्पष्टीकरण सोध्ने तयारी गरिरहेको छ ।

हेर्नुहोस् केयूकेएलका गतिबिधिहरुबारे खानेपानी तथा सरसफाई मन्त्रालयका सचिव भीम उपाध्यायले सामाजिक संजालमा पोष्ट गरेका स्टेटसहरुः

 

 

 

 

 

प्रतिक्रिया दिनुहोस