हुम्लामा  अवरुद्ध  मोबाइल सेवा सञ्चालन « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

हुम्लामा  अवरुद्ध  मोबाइल सेवा सञ्चालन


२८ बैशाख २०७४, बिहिबार


हुम्ला । यही वैशाख २२ गतेदेखि अवरुद्ध मोबाइल टेलिफोनको नमस्ते र स्काई सेवा आजदेखि पुनःसञ्चालनमा आएको छ ।

जुम्ला जिल्लाको चङ्खोली लेकमा सञ्चार अवरुद्ध हुँदा निर्वाचन टोलीलाई समेत खबर आदानप्रदान गर्न कठिन भएको थियो । यसैबीच हुम्ला जिल्लाका सात गाउँपालिकामा बिहान ७ बजेदेखि परिचयपत्र वितरण भइरहेको गाउँपालिका निर्वाचन केन्द्रका अधिकृतले फोनबाट जानकारी दिए । परिचयपत्र लिन मतदाताले नागरिकताको प्रमाणपत्र देखाउनुपर्ने छ । रासस

Tags :
प्रतिक्रिया दिनुहोस