कार्यालय समयमा टेलिकममा फेसबुक चलाउन नपाइने « प्रशासन
Logo ४ बैशाख २०८१, मंगलबार
   

कार्यालय समयमा टेलिकममा फेसबुक चलाउन नपाइने


प्रशासन संवाददाता

१२ बैशाख २०७४, मंगलबार


काठमाडौँ । नेपाल टेलिकमले यही वैशाख १ गतेदेखि नेपाल सरकारबाट सञ्चालित ‘।नयख।लउ।’डोमिनका करिब पाँच सय ५० वेबसाइट टेलिकमका जिएसएम मोबाइल सेवाबाट निःशुल्क प्रयोग गर्न पाउने व्यवस्था मिलाएको छ ।

मंगलवार आयोजित पत्रकार सम्मेलनमा कम्पनीका प्रबन्ध निर्देशक कामिनी राजभण्डारीले नेपाल सरकारका वेबसाइट जिएसएम मोबाइल डाटा प्रयोग गरी स्वतन्त्र रुपमा ब्राउज गर्न सकिने जानकारी दिइन् । कम्पनीले आफ्ना सेवालाई ग्राहकमैत्री र प्रविधिमैत्री बनाउँदै लगेको उल्लेख गर्दै प्रमुख पर्यटकीयस्थल मुगुको रारा ताल क्षेत्रमा थ्रिजी सेवा सञ्चालनमा ल्याएको छ ।

उक्त क्षेत्रमा सेवा प्रदान गरिएसँगै आन्तरिक तथा बाह्य पर्यटकलाई सूचना तथा सञ्चार क्षेत्रमा पहुँच बढ्ने र पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण सहयोग पुग्ने बताइएको छ ।

कम्पनीले यही वैशाखदेखि आफ्नो कार्यालय समयमा ‘फेसबुक’ चलाउन नपाइने व्यवस्था गरेको टेलिकमका प्रवक्ता प्रतिभा वैद्यले जानकारी दिइन् । उनले आगामी आर्थिक बर्षमा चौथो पुस्ताको इन्टरनेट सेवालाई विस्तार गरिने, पुराना प्रणालीलाई नयाँमा स्थानान्तरण गरिनेजस्ता कार्यलाई प्राथमिकताका साथ अगाडि बढाइने बताइन् । रासस

Tags :
प्रतिक्रिया दिनुहोस