अमेरिकामा नेपाली नयाँ वर्षको रौनक « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

अमेरिकामा नेपाली नयाँ वर्षको रौनक


५ बैशाख २०७४, मंगलबार


अमेरिका । अमेरिकामा रहेका नेपालीहरुले बिभिन्न कार्यक्रम गरि नयाँ वर्ष २०७४ मनाएका छन् । नयाँ वर्षमा घरदेश फर्कन नपाएका नेपालीहरुले बिभिन्न कार्यक्रम गरि नयाँ वर्ष मनाएका हुन् । एक साता यता नेपाली समुदायको बाक्लो बस्ति रहेका बिभिन्न राज्यहरुमा बिगत एक साता यता नयाँ वर्षको अवसर परि नेपाली समुदायले बिभिन्न कार्यक्रमहरु आयोजना गरेका थिए ।

यस वीचमा अमेरिकाको मेरिल्याण्ड राज्यमा समेत नयाँ वर्षको अवसर पारि सोमवार साँझ शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । मेरिल्याण्डका सुदुरपश्चिमबासीहरुले आयोजना गरेको कार्यक्रममा अमेरिकाको मेरिल्याण्ड राज्यमा रहेका नेपालका ७ वटै प्रदेशका नेपाली समुदायका व्यक्तिहरुको सहभागिता रहेको थियो । अमेरिकी व्यस्त दैनिकि बाट केहि समय निकालि अपन्त्व र भाईचारा बृद्धि गर्न कार्यक्रमको आयोजना गरिएको आयोजकको भनाई थियो । बिसु पर्वको महत्वका बारेमा समेत जानकारी गराइएको कार्यक्रममा सहभागिहरुले एक आपसमा शुभकामना साटासाटका साथै देउडा खेलेर रमाईलो गरेका थिए ।

कार्यक्रमको उद्धेश्यबारे प्रकाश समाजसेवी तथा एनआरएन मेरिल्याण्ड च्याप्टरका महासचिव अर्जुन हमाल र सहभागिहरुलाई आयोजक कमिटीका सचिव दमन बिक्रम शाहले धन्यवाद ज्ञापन गर्नुभएको थियो । संचारकर्मी रमेश भट्टराईले संचालन गर्नुभएको कार्यक्रम आयोजक कमिटीका संयोजक मोहनजंग शाहीको संयोजकत्वमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस