कतारमा बस्दै आएका मण्डलको मृत्यु « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

कतारमा बस्दै आएका मण्डलको मृत्यु


३ बैशाख २०७४, आइतबार


गौशाला । महोत्तरीको जलेश्वर नगरपालिका– ७ का ४० वर्षीय रामशरण मण्डलको शनिवार राति कतारमा मृत्यु भएको छ ।

पटक पटक गरी करिब १० वर्षदेखि कतारमा बस्दै आएका मण्डल गएराति खाना खाएर सुत्न गएको र बिहान उनको मृत्यु भएको उनीसँगै सोही स्थानमा काम गर्दै आएका उनका दाजु सीयाशरण मण्डलले बताए ।

रामशरण पहिलेदेखि बिरामी रहेको र कतारमा बिरामी निको नहुने देखिएपछि नेपालमै गएर औषधि गर्ने भन्दै केहीदिनदेखि घर जाने तयारी गर्दै आएकामा उनको सुतेकै अवस्थामा मृत्यु भएको उनीसँगै सोही स्थानमा काम गर्दै आएका उनका भतिजा सुरेश मण्डलले बताए ।

मण्डलसहित उनका दाजु, भतिजा र अन्य १०÷१२ जना आफन्त कतारमै काम गर्दै आएका थिए र उनी बिरामी परेपछि पटक पटक उपचार पनि गराइएको थियो ।

मृतक मण्डलको आमा, पत्नी र तीन स–साना छोराछोरी । रासस

प्रतिक्रिया दिनुहोस