डीपीएलमा सिवाईसी अत्तरीयाको विजयी सुरुवात « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

डीपीएलमा सिवाईसी अत्तरीयाको विजयी सुरुवात


२८ चैत्र २०७३, सोमबार


धनगढी । सगरमाथा सिमेन्ट धनगढी प्रिमियर लिग (डीपीएल) को पहिलो खेलमा सीवाईसी अत्तरिया विजयी भएको छ । गत वर्ष भएको धनगढी क्रिकेट लिगको उप विजेता अत्तरीयाले काठमाडौं गोल्डेन्सलाई ४० रनले पारजित गरेको हो । टस हारेर पहिले व्याटिङ गरेको सीवाईसी अत्तरियाले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १४६ रन बनायो ।

सुरुवातमा विकेट गुमाएर दवाव परेको अत्तरीयाका लागि योगेन्द्र कार्कीले सिंह कार्कीले ५७ रनको अर्ध शतकीय पारी खेले । त्यस्तै ज्ञानेन्द्र कुवरले नटआउट ३४, दिलिप नाथले १५, प्रदिप ऐरीले नटआउट १३ तथा रोशन नेपालीले १० रन बनाए । काठमाडौंका सोमपाल कामीले दुई विकेट लिए । त्यस्तै मन्जित श्रेष्ठ, आरके पौडेल र सन्तोष भट्टले  १/१ विकेट लिए ।

अत्तरीयाका अविनाश बोहरा वेल्स क्याफे म्यान अफ द म्याच हुँदै नगद १० हजार हात पारे ।

एक सय ४७ रनको लक्ष्य पछ्याएको काठमाडौंले १८ दशमलव चार ओभरमा सबै विकेट गुमाएर एक सय ६ रन मात्रै बनाउन सक्यो । काठमाडौंका सोमपाल कामीले ४० तथा सन्तोष भट्टले ३१ रन बनाउनु वाहेक अरुले दोहोरो अंकमा रन वनाउन सकेनन् । जितका लागि सिवाइसी अत्तरीयाका अविनाश बोहराले चार तथा विनोद लामाले तीन विकेट लिए । अत्तरीयाका अविनाश बोहरा वेल्स क्याफे म्यान अफ द म्याच हुँदै नगद १० हजार हात पारे ।

सिवाइसी अत्तरीया ज्ञानेन्द्र मल्ल तथा काठमाडौं गोल्डेन्स बसन्त रेग्मीको कप्तानीमा खेलिरहेका छन् । लिग अन्तर्गतको दोस्रो खेलमा अहिले कञ्चनपुर आईकोनिक र विराटनगर किङस वीच प्रतिस्पर्धा भईरहेको छ ।

 

र यो पनि,

इतिहासको रचना यिनै सुवास र युवाहरुको पौरखमा कुँदिदै छ, चम्किदैछ निरन्तर निरन्तर….

तस्विरमा डिपीएल

डीपीएलमा सिवाईसी अत्तरीयाको विजयी सुरुवात

रुपन्देही च्यालेन्जर्सद्धारा कञ्चनपुर आइकोनिक १४ रनले पराजित

डीपीएल क्रिकेटमा रुपन्देही च्यालेन्जर्स र काठमाडौं गोल्डेन्सको लगातार दोस्रो जित

Tags :
प्रतिक्रिया दिनुहोस