चित्त कसरी प्रसन्न रहन्छ ? « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

चित्त कसरी प्रसन्न रहन्छ ?


९ फाल्गुन २०७३, सोमबार


– स्वार्थ, लोभ, अनुदारता, संकीर्णता, असत्य व्यवहारले मानिसलाई केवल दुःखी बनाउँछ, उसलाई पीडा, वेचैनी, अनिन्द्रा साथै रोग प्रतिरोधात्मक क्षमता समेत कमजोर पार्दछ । अनुहार अध्यारो र विकृत रुपमा परिणत हुन्छ ।

– सत्य, अहिंसा, इमान्दारीता, निस्वार्थतालाई अवलम्बन गर्ने व्यक्ति वास्तविक रुपमा प्रफूल्लित र प्रसन्न रहेको देख्न पाउँछौ ।

– जव मन, विचार, आहार, शुद्ध हुन्छ, तव कर्म शुद्ध हुन्छ, हृदय पवित्र बन्दछ ।

– कसैले देखावटी प्रसन्नता प्रदर्शन गरेमा पनि त्यो अस्थायी हुन्छ । जसको कुनै अर्थ छैन ।

– अध्यात्म र योगको अवलम्वन गर्ने व्यक्ति प्रसन्न चित्तका साथ वास्तविक योगी जीवन जिउन सक्दछन् ।

प्रतिक्रिया दिनुहोस