नेपालले भारतसँग छलफल गरी नोट सटही समस्या सुल्झाउदैछ « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

नेपालले भारतसँग छलफल गरी नोट सटही समस्या सुल्झाउदैछ


५ पुस २०७३, मंगलबार


भारतले उच्च मुल्यका नोट बन्द गरिदिएपछि त्यसको बहुपक्षिय मार र भारमा परेका नेपाली, खासगरी सीमा क्षेत्रका नेपाली र भारतमा बिभिन्न रोजगारीका क्रममा रहेका श्रमजीवि नेपालीको समस्या अझै पनि सुल्झेको छैन । कुनै पूर्व तयारी बिना नै भारतले गरेको नोटबन्दीको असर हटाउनेबारे भारतस्थित नेपालको राजदूतावासले के गरिरहेको छ भन्नेबारे त्यहाँ कार्यरत एकजना कुटनीतिक अधिकारी, मिनिष्टर (इकोनोमिक) कृष्णहरि पुष्करसँग प्रशासन डटकमका विशेष प्रतिनिधि सिद्धराज उपाध्यायले छोटो कुराकानी गर्नु भएको छ । प्रश्तुत छ कुराकानीको सम्पादित अंश ।

नेपालमा रहेका उच्च मूल्यका खास गरेर पाँच र हजारका भारतीय नोटको सटही व्यवस्थाबारेमा अहिले के भइरहेको छ ?
नेपालमा रहेका उच्च मूल्यका पाँच सय र हजारका भारु नोटहरुको व्यवस्थापनका बारेमा नेपाली राजदुतावास एकदमै सक्रिय तवरले त्यसलाई व्यवस्थापन गर्न लागिरहेको छ । त्यस क्रममा दुतावास समेतको पहलमा दुबै देशका सम्माननीय प्रधानमन्त्री ज्यू र सम्माननीय अर्थमन्त्री ज्यू बिच कुराकानी भएको छ ।

भारत सरकारका सरोकारवाला मन्त्रालय र बैंकबाट पूर्ण रुपमा के आश्वासन भएको छ भने नेपालमा भएका भारु पाँच सय र हजारका नोटहरु जुन छन् त्यसलाइ तत्कालै ब्यवस्थापन गरिदिन उहाँहरु तयार हुनुहुन्छ । त्यसका लागि भारतीय अर्थमन्त्रालयका अतिरिक्त सचिवको नेतृत्वमा परराष्ट्र मन्त्रालय लगाएतका केही निकायका प्रतिनिधी र आरबिआइ समेतका प्रतिनिधीहरु सहितले नेपाल र भूटानका सन्दर्भमा पुराना पाँच सय र हजारका नोटलाई कसरी ब्यवस्थापन गर्ने भन्नेबारे एउटा कमिटी बनेको छ त्यो कमिटिले प्रतिवेदन दिनासाथ यसलाई पुरा गरेर सम्बोधन गरिने कुरा छ ।


भारतीय अर्थ मन्त्रालयका अतिरिक्त सचिवको नेतृत्वमा परराष्ट्र मन्त्रालय लगायतका केही निकायका प्रतिनिधी र आरबिआइ समेतका प्रतिनिधीहरु सहितले नेपाल र भूटानका सन्दर्भमा पुराना पाँच सय र हजारका नोटलाई कसरी ब्यवस्थापन गर्ने भन्नेबारे एउटा कमिटि बनेको छ त्यो कमिटिले प्रतिवेदन दिनासाथ यसलाई पुरा गरेर सम्बोधन गरिने कुरा छ ।

जुन बेला भारतमा रहेका नेपाली नागरिकहरु हुनुहुन्थ्यो जति पैसा उहाँहरुसँग भारु हुन्थ्यो त्यो भारतीय नागरिक सरह भारतीय बैंकहरुमा गएर पनि साट्न पाउने ब्यवस्था भएको थियो र धेरै नेपाली नागरिकहरुले आफ्नो पैसा त्यसरी साटेका थिए ।

अहिले नेपाल सरकारले अफिसियल एकाउन्टहरुमा रहेका वा नेपाल राष्ट्र बैंक लगायत बिभिन्न बैंकहरुमा रहेका भारु नोटहरु र आम नागरिकसँग रहेका स्रोत खुलेका पैसाहरु जो छन् ती पैसाहरुको व्यवस्थापनका लागि उपयुक्त माध्यम अपनाएर त्यसको मोडालिटी मात्रै तय गर्न बाँकी छ । त्यो मोडालिटि तय गरेर यो समस्यालाई सम्बोधन गर्ने कुराहरु बनिरहेको छ । तत्कालै नेपाल राष्ट्र बैंक, परराष्ट्र मन्त्रालय, अर्थ मन्त्रालय लगायतका टोलीहरु पनि थप छलफलको लागि भारत जाने कार्यक्रम हुँदैछ ।

पाँच सय र हजारका नोट बन्द गरिँदा त्यसको असर नेपालमा कस्तो परेको देख्नुहुन्छ ?
नेपालमा त्यति ठूलो असर परेको त लागेको छैन । तथापि निश्चित रुपमा भारतीय रुपैयाहरु नेपालमा एक खालको खुल्ला रुपमै कारोवार रहेको अवस्था थियो । नेपाल सरकारले पनि त्यसलाई स्विकार गरेको अवस्था थियो । विशेष गरेर पाँच सय र हजारको जुन नोटहरु थियो । विगत लामो समयसम्म नेपालमा प्रतिबन्ध पनि रह्यो । तर गत वर्ष देखि यसलाई चलनचल्तिमा ल्याएको अवस्था थियो । त्यति धेरै ठूलो भोल्युममा त नेपालमा छैन । हाम्रो खातामा अफिसियल सिष्टममा त छैन तर खास गरेर सुदूर पश्चिम, मध्यपश्चिम र बोर्डर क्षेत्रका नागरिकहरु जो छन् उहाँहरुसंग निश्चित रुपमा केही भारतीय रुपैयाँ रहेको अवस्था छ । कतिपयले व्यवस्थापन गरिसक्नु भयो जसको बाँकी छ त्यसलाई पनि साट्न पाउने, कतिपय जिल्लाहरुमा शुरु पनि गरिसकेको अवस्था छ, कतिपय जिल्लामा अझै पनि साट्ने व्यवस्था भइरहेको अवस्था छ ।

भारतमा काम गरिरहेका नेपालीलाई कस्तो असर पुगेको थियो ?
निश्चित रुपमा भारतमा काम गर्ने नेपालीलाई अलि बढी समस्या भएको छ । तर त्यहाँको सिष्टम अहिले क्यासलेस इकोनोमी र जति पनि आम्दानी र खर्चलाई बैंकिङ प्रणालीमा लैजाने जुन एउटा भारतमा महाअभियान चलिरहेको छ त्यसमा नेपालीहरुले पनि सपोर्ट गरिरहेको अवस्था छ । र, भारतमा काम गर्ने र आम्दानी गर्ने जुन नेपालीहरु छन् जो कतिपय बैंकिङ सिष्टममा आबद्ध हुनुहुन्थेन ती सबैजना बैंकिङ कारोबारमै लगेर अहिले कार्ड तथा अनलाइन ट्रान्जेक्सन पनि गरिराख्नु भएको छ ।

शुरुको दुइ/तीन हप्ता दुख पाउनु भयो । लाइन लाग्नु प¥यो । अलिकति गारो सारो भएको थियो । पछिल्लो समयमा यो सामान्य हुँदै गइरहेको अवस्था छ ।

कागजी प्रक्रियाका कारण कमाएको पैसा नेपाल पठाउन नसकिरहेको अवस्थामा क्यासलेस सिष्टम नेपालीका कामदारका लागि त कागलाई वेल पाक्यो हर्ष न विस्मात जस्तै त हो नि ?
अर्गनाइज सेक्टरमा काम गर्नेहरुको त खाता छ, उहाँहरुलाई समस्या नै छैन । तर अनअर्गनाइजेसन सेक्टरमा काम गर्ने, जो मौसमी कामदारका रुपमा जान्छन्, जो थोरै दिनका लागि ज्याला मजदुरी गर्न जान्छन् उहाँहरुलाई निश्चित रुपमा बैंक खाता नभएकाले ठूलो असर पर्दछ । त्यही भएर उहाँहरुलाई पनि बैंकिङ नेटमा कसरी ल्याउन सकिन्छ तत्काल र त्यो बैकिङ नेटमा ल्याउनको लागि पनि भारत सरकारसंग पहल भईरहेको अवस्था छ । तथापि, अहिले दुई हजार मुल्यका नोटहरु प्रयाप्त मात्रामा बजारमा छ । सयका नोटहरु पनि प्रर्याप्त मात्रामा छन् । त्यही भएर त्यति धेरै समस्या छैन । भारतमा काम गरिरहेका सबै नेपालीहरु नोट बन्द भएको विषयमा परिचित हुनुहुन्छ । हाल देखिएका यस्ता सबैखाले समस्या समाधानका लागि एक खालको प्लानिङ भइरहेको छ ।

जब भारत सरकारले एक्कासी पाँच सय र हजार दरका नोट बन्द गरेको घोषणा गर्यो, त्यो अवस्थामा नेपालीहरु भारतस्थित नेपाली राजदुतावासमा कति आए ?
एकदमै धेरै संख्यामा आउनुभयो । र हामीले भारत सरकारका बिभिन्न निकायहरुसंग समन्वय गरेर त्यसलाइ सम्बोधन पनि ग¥यौं ।

जो अझै अन्यौलमा छन्, जसले अझै नोट साट्न पाएका छैनन् तिनिहरुले कसरी नोट साट्न सक्छन् ?
भारतमा रहेका नेपाली नागरिकहरुलाई त धेरै कुराहरु थाहा छ । तर नेपालबाट जसले औषधि उपचारको लागि, शिक्षाको लागि, ब्यापारको लागि जाँदै हुनुहुन्छ भने उहाँहरुले नेपालले जारी गर्ने भिजा कार्ड, मास्टर कार्डहरु, डेविट कार्ड, क्यास कार्डको प्रयोग गरेर कार्डबाटै कारोबार गर्दा राम्रो हुन्छ । भारतमा खर्च गर्नुपर्ने प्रर्याप्त सिमा राखेर आफुलाई चाहिने कति पैसा हो त्यो अनुसारको व्यवस्था गरेर कार्डको स्ट्रेन्थ बढाउने, कार्डको इन्फरमेसन राखेर अनलाईन ट्रान्जेक्सन पनि प्रयोग गर्न सकिन्छ ।


सबै नेपाली नागरिकहरु जो बिभिन्न औषधि उपचारदेखि लिएर शिक्षा दीक्षासम्मका लागि भारत जानुहुन्छ, उहाँहरुलाई म के भन्न चाहन्छु भने आ–आफ्नो खाता भएका बैंकसंग सम्पर्क गरेर आ आफ्नो स्ट्रेन्थ लिएर जानुहोला ।

बिभिन्न प्रकारका एप्सहरु पनि प्रयोग गर्न सकिन्छ । त्यही भएर सबै नेपाली नागरिकहरु जो बिभिन्न औषधि उपचारदेखि लिएर शिक्षा, दिक्षासम्मका लागि जान्छन् उहाँहरुलाई म के भन्न चाहन्छु भने आ-आफ्नो खाता भएका बैंकसँग सम्पर्क गरेर आ–आफ्नो स्ट्रेन्थ लिएर जानुहोला । तर नेपालमा एउटा समस्या के छ भने प्रायःजसो नेपाली डेबिट कार्ड, क्रेडिट कार्डको लिमिटेसन २५ देखि ५० हजारसम्म मात्रै छ । अप्रेसनका लागि, कलेजको फिस तिर्नका लागि वा ब्यापारिक प्रयोजनका लागि लाखौं रुपैयाँ तिर्नु पर्ने हुँदा कार्डको लिमिटेसनले भ्याउदैन, त्यसैले आ–आफ्नो बैंकहरुसंग सम्पर्क गरेर कार्डको लिमिटेसन बढाउँदा राम्रो हुन्छ । ठूलै खालको ब्यापार व्यवसायका लागि त एलसि खोलेर पनि भैहाल्छ । तर अन्य कारोबारका लागि बैंकको कार्ड नै सबैभन्दा उत्तम उपाय हो ।

सबै नेपालीहरुले त्यो कार्ड बनाउन सक्दैनन् र सबैलाई थाहा पनि छैन, अझ भन्नुपर्दा जहाँका मानिस धेरै भारत जाने गरेका छन् ति ठाउँमा बैंकको यस्तो सुबिधा पनि छैन, उनिहरुले के गर्ने ?
दुइ पाँच हजार त नेपाली बैंकहरुले पनि साटि दिइरहेको अवस्था छ । तर नगद बोक्नु जोखिम छ । भारतमा धेरैजसो ठाउँमा कार्डबाट कारोबार गर्न पाइन्छ । होला, अब सानो तिनो चिया, खाजा खानको लागि थोरै खुद्रा पैशा बोक्दा हुन्छ तर हजार, पन्ध्र सय रुपैयाँ नै खर्च गर्ने हो भने कार्डबाट सजिलो हुन्छ । नागरिकहरु पनि कार्डबारे चिरपरिचित भएर जानुभयो भने सजिलो हुन्छ ।

भारतीय रुपैयाँका लागि धेरै ठाउँमा धाउनु, ब्याकमा लिएर सटही सुविधा दिनु, अनावश्यक रुपमा कमिसन तिर्नुभन्दा आफ्नो बैंकसंग समन्वय गरेर कार्डको स्ट्रेन्थ म्यानेजमेन्ट गरेर गयो भने सजिलो हुन्छ ।

Tags :
प्रतिक्रिया दिनुहोस