पोखरा फाइनान्सले साढे १३प्रतिशत बोनस सेयर दिने « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

पोखरा फाइनान्सले साढे १३प्रतिशत बोनस सेयर दिने


प्रशासन संवाददाता

२३ श्रावण २०७३, आइतबार


२३ साउन, काठमाडौं । पोखरा फाइनान्सको सञ्चालक समितिले सेयरधनीलाई कम्पनीको चुक्ता पुँजीको १३.५० प्रतिशत बोनस सेयर दिने निर्णय गरेको छ ।

बोनस सेयरको कर प्रयोजनका लागि फाइनान्सले ०.७१ प्रतिशत नगद लाभांश पनि दिने निर्णय गरेको जानकारी नेप्सेलाई गराएको छ । साउन २० गते बसेको कम्पनीको सञ्चालक समितिले यस्तो निर्णय गरेको हो ।

सञ्चालक समितिको यो निर्णयलाई नेपाल राष्ट्र बैंकले स्वीकृत गरेपछि र कम्पनीको आगामी साधारणसभाले परित गरेपछि मात्र सेयरधनीले सो लाभांश पाउने छन् ।

प्रतिक्रिया दिनुहोस